काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, फागुन ३० । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी नगरमा बस्नेछ। बैठकमा समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम अन्तिम रूप दिने विषय मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ।

निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा योग्य उम्मेदवार छनोट गरी आयोगमा सिफारिस गर्ने विषयमा बैठकमा छलफल तथा निर्णय हुने जनाइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।

बैठकबाट समानुपातिकतर्फको प्रतिनिधित्व टुंगो लगाइने भएकाले पार्टीभित्र यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको