काठमाडौं, चैत १ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको नामावली तय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार विभिन्न समावेशी क्लस्टरअनुसार खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम चयन गरिएको छ।
प्रवक्ता झाले उक्त नामावली आइतबार नै निर्वाचन आयोगमा बुझाइने बताए।
यद्यपि कुन–कुन व्यक्तिहरू उक्त क्लस्टरबाट परेका छन् भन्ने विवरण पार्टीले सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्र नामहरू सार्वजनिक गरिने रास्वपाले जनाएको छ।






