काठमाडौं , चैत १। संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फका २० सांसदको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुष सांसदको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी पार्टीका कुल ६२ सांसद हुनेछन्। संविधान अनुसार तीमध्ये ३३ प्रतिशत (२१ जना) महिला सांसद हुनु अनिवार्य छ। यसैअनुसार कांग्रेसले समानुपातिकमा १५ महिला उम्मेदवार चयन गरेको छ।
प्रवक्ता चालिसेका अनुसार, जातीय र समुदायगत प्रतिनिधित्व आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएका समुदायबाट ५ जना चयन भएका छन ।
चालिसेले थपे, “यो सूची समानुपातिक निर्वाचनका नियमअनुसार पारदर्शी र समावेशी प्रक्रियामार्फत तयार गरिएको हो।”






