मोटरसाइकलको ठक्करबाट साईकल सवार एक वृद्धको मृत्यु



सर्लाही, चैत २ । सर्लाहीको कबिलासीमा मोटरसाइकलले साईकललाई ठक्कर दिदा एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको कबिलासी नगरपालिका -८ मा म.प्र.०२-००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल सवार स्थानीय अन्दाजी ६५ बर्षिय रामनरेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका महतोको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनमा घाईते मोटरसाइकल चालक र त्यसमा सवारको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको प्रहरीले जनाएका छन।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको