सुनचाँदीको मूल्य ह्वातै घट्यो



काठमाडौं, चैत ४ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य ह्वातै घटेको छ। सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर प्रतितोला रु ३,०७,७०० मा पुगेको छ भने चाँदी प्रतितोला रु ५,१५० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला रु ३,०९,९०० र चाँदी रु ५,३३५ मा कारोबार भएको थियो। गत सोमवार सुनको मूल्य रु ३,०९,५०० र चाँदी रु ५,२६५ कायम थियो।

अन्तर्राष्ट्रिय बजारअनुसार आज सुनको मूल्य एक औँसमा ५,००० अमेरिकी डलर र चाँदीको मूल्य ८२ अमेरिकी डलर रहेको छ।

प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको