ईरानले होर्मुज स्ट्रेटमा बढायो शुल्क, चुनिएका जहाजबाट लिनेछ २० लाख डलर



एजेन्सी, चैत ९ । पश्चिम एशियामा जारी तनावबीच, ईरानले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण कडा बनाउँदै केही चुनिएका जहाजबाट २० लाख अमेरिकी डलर पारगमन शुल्क उठाउने निर्णय गरेको छ।

यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिएका केही दिनपछि आएको हो। ट्रम्पले भनेका थिए, यदि ईरानले जलडमरूमध्य ४८ घण्टाभित्र पूर्णरूपमा खुला नगरे, भने अमेरिका ईरानका विद्युत संरचनामा आक्रमण गर्नेछ।



ईरानका राष्ट्रपति मसूद पेजेश्कियनले भनेका छन् कि होर्मुज स्ट्रेट ईरानका विरोधी देश बाहेक सबैका लागि खुला रहनेछ। ईरानको संसदको राष्ट्रिय सुरक्षा समितिका सदस्य अलाएद्दीन बोरौजेर्दीले बताए अनुसार, यो शुल्क लागू गरेर ईरानले स्ट्रेटमा आफ्नो नयाँ नियन्त्रण र शक्ति देखाएको छ।

बोरौजेर्दीका अनुसार, “यो कदम दशकौंपछि स्ट्रेट अफ होर्मुजमा नयाँ संप्रभु शासनको स्थापना हो। पारगमन शुल्कको उद्देश्य युद्ध खर्च धान्न र देशको सुरक्षा सुदृढ पार्नु हो।”

ईरानले चेतावनी दिएको छ कि यदि अमेरिका ट्रम्पको धम्की अनुसार आक्रमण गरे, भने तेल र अन्य निर्यातका लागि महत्वपूर्ण स्ट्रेट अफ होर्मुज तत्काल बन्द गरिनेछ।

प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको