काठमाडौं, चैत १८ । प्रतिनिधि सभाको सभामुख निर्वाचन २२ चैतमा गर्ने सहमति भएको छ। आज बसेको सर्वदलीय बैठकमा उक्त सहमति जुटेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार २० चैत बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश गरिनेछ भने सोही दिन उम्मेदवारी मनोनयन हुने तय गरिएको छ।
यसैबीच, रास्वपाले पार्टीका उपाध्यक्ष डीपी अर्याल लाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको जनाएको छ।
सभामुख चयनसँगै संसद्को कामकारबाहीलाई नियमित बनाउने तयारी भइरहेको छ।






