काठमाडौं, चैत १८ । नेकपा एमाले को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलका नेतामा अर्का अकांक्षी सुहाङ्ग नेम्वाङ्गले प्रस्तावक समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन ।
आज बसेको संसदीय दलको बैठकमा सर्वसम्मति नभएपछि निर्वाचनको प्रक्रिया शुरु गरिएको थियो ।
निर्वाचन संयोजक निरज आचार्यका निर्वाचनका लागि बादल र नेम्वाङ्गले मनोनयन पत्र लिएपनि बादलले मात्र मनोनयन दर्ता गराएका थिए ।
तर, सुहाङले समर्थक र प्रस्तावक नपाएपछि निर्वाचन प्रक्रिया अघि नबढेर थापा निर्विरोधनिर्वाचित भएका हुन्।






