काठमाडौँ, चैत २३ । सोमबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विगत एक हप्तामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँले बढिसकेको छ। गत सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ, अघिल्लो दिनको ४ हजार ८३० रुपैयाँको तुलनामा ५० रुपैयाँले कमी आएको हो। गत सोमबार चाँदीको मूल्य ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदीको मूल्यमा हुने यस्ता उतार(चढावले लगानीकर्ताहरू र व्यवसायीहरूका लागि ध्यान दिनुपर्ने स्थिति सिर्जना गरेको छ।






