राष्ट्रपतिद्वारा आज संसदमा सम्बोधन, आजैबाट अधिवेशन अन्त्य



काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेल ले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ।

नेपालको संविधान को धारा ९५ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्न लागेका हुन्। शीतल निवासका अनुसार उक्त बैठकमा सहभागी हुन सबै सांसदलाई आह्वान गरिएको छ।



यसैबीच, संघीय संसदको चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले आजै रातिदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।

फागुन २१ देखि सुरु भएको प्रतिनिधिसभाको अधिवेशन चैत १९ देखि सक्रिय रूपमा सञ्चालनमा रहेको थियो। अब सरकार आगामी बजेट अधिवेशनको तयारीमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको