काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा आजै हुने उपसभामुख निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर (श्रम संस्कृति पार्टी) र सरस्वती लामा (राप्रपा) उम्मेदवार रहेका छन्। श्रम संस्कृति पार्टीकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थितिका कारण उक्त पार्टीको समर्थन पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने सम्भावना उच्च रहेको आकलन गरिएको छ।






