नीतिश कुमार आज राज्यसभाको सपथ लिदै , विहारको नयाँ मुख्यमन्त्री को हुने ?



एजेन्सी, चैत २७ । बिहारको राजनीतिक वातावरण फेरि मुख्यमन्त्री चयनलाई लिएर तातेको छ। वर्तमान मुख्यमन्त्री नीतिश कुमार आज दिल्लीमा राज्यसभा सदस्यका रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शपथ ग्रहणपछि बिहारमा नयाँ मुख्यमन्त्री को हुने भन्ने विषयमा राजनीतिक चर्चा झनै तीव्र बनेको छ। नीतीश कुमार विहिवार नै दिल्ली पुगेका छन , जहाँ उनलाई पार्टीका वरिष्ठ नेताहरूले स्वागत गरेका थिए।

एयरपोर्टमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै “म यहाँ शपथ लिन आएको हुँ” मात्र बताएका थिए।

यसैबीच बिहारका मन्त्री विजय कुमार चौधरी ले मुख्यमन्त्री चयन प्रक्रिया सम्बन्धमा महत्वपूर्ण संकेत दिएका छन्। उनका अनुसार मुख्यमन्त्रीको निर्णय एनडीए विधायक दलले गर्नेछ र यस प्रक्रियामा पाँच दलका नेताहरू सहभागी हुनेछन्।

उनले भने, “यो कुनै एक दलको मात्र विषय होइन, पाँच दलका विधायकहरू बसेर प्रस्ताव राख्नेछन् र सहमतिका आधारमा निर्णय हुनेछ। जसलाई चयन गरिन्छ, उही मुख्यमन्त्री हुनेछ।”

त्यसैगरी जनता दल युनाइटेड का नेता संतोष निरालाले नीतीश कुमारको राज्यसभा सदस्य बन्ने कदमलाई स्वागत गर्दै यसले बिहारको राजनीतिक यात्रालाई अझ सुदृढ बनाउने बताएका छन्।

बिहारमा सत्ता समीकरण र नयाँ नेतृत्वबारे बढ्दो चर्चाबीच अब सबैको ध्यान एनडीए भित्र हुने औपचारिक बैठक र निर्णयतर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको