गौरी कुमारी यादव उद्योगमन्त्री, रामजी यादव श्रममन्त्री नियुक्त



काठमाडौं, चैत २७।  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादव लाई नियुक्त गरिएको हो।

नवनियुक्त उद्योगमन्त्री गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्। त्यस्तै, श्रममन्त्री रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका हुन्, जहाँ उनले जनमत पार्टीका अध्यक्ष सीके राउत लाई पराजित गरेका थिए।

यसअघि पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालय सरकार गठनदेखि नै प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। साथै, उनले रक्षा मन्त्रालयको जिम्मेवारी समेत हालसम्म आफ्नै मातहतमा राखेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको