परिवर्तित व्यवस्थालाई जनमुखी बनाउन उपेन्द्र यादवको आग्रह



काठमाडौं, वैशाख ११ । उपेन्द्र यादवले लोकतन्त्रलाई सुदृढ गर्दै परिवर्तित राजनीतिक व्यवस्थालाई जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष यादवले २०६२÷०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरेका छन्।



उनले उक्त आन्दोलनलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली मोडका रूपमा उल्लेख गर्दै त्यसबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नु आजको मुख्य राजनीतिक दायित्व भएको उनको भनाइ छ।

यादवले लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा वास्तविक सुधार ल्याउन तथा कानुनको शासनलाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको