डेढ घण्टा पछि त्रिभुवन विमानस्थल पुनः सञ्चालन



काठमाडौं, वैशाख २८ । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि डेढ घण्टा सम्म अवरुद्ध भएको त्रिभूवन विमान स्थलको सेवा पुनः सञ्चालनमा आएको छ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो। घटनापछि विमानस्थलको उडान तथा अवतरण सेवा केही समय प्रभावित बनेको थियो।

विमानस्थल स्रोतका अनुसार दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। त्यसपछि जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएपछि विमानस्थल सेवा पुनः सञ्चालन गरिएको हो।

जहाजमा सवार सबै यात्रु सकुशल रहेको जनाइएको छ। घटनाबारे थप प्राविधिक अनुसन्धान भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको