मधेश प्रदेशसभाको सातौ अधिवेशन आह्वान



जनकपुरधाम, वैशाख २८ । मधेश प्रदेशसभाको सातौ अधिवेशन जेठ १ बाट आह्वान गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले मधेश सरकारको निर्णय अनुसार प्रदेश प्रमुखबाट जेठ १ शुक्रवार ११ बजेबाट लागु हुने गरि मधेश प्रदेशसभाको आह्वान गरिएको जनाएको छ ।

मधेश सरकारको आजै बसेको मन्त्री परिषदको बैठकले जेठ १ गते अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको थियो ।

अगामी बजेट र विश्वासको मत लगायतका लागि बैठक आह्वान गरिएको हो ।

जनमत पार्टीले विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र सरकारलाई विश्वासको मत लिनु पर्ने कानूनी बाध्यता रहेको छ ।

 

 

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार १९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको