देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक, ईभी पनि प्रभावित



काठमाडौं , जेठ ८ । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा अस्थायी रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो।

विभागका अनुसार सार्वजनिक यातायातको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सडकमा सवारी साधनको अत्यधिक चाप बढेको, ट्राफिक जामले सर्वसाधारणको आवतजावत प्रभावित भएको तथा वायु प्रदूषणमा वृद्धि भएकाले यस्तो निर्णय गरिएको हो।

यस्तै, इन्धनको मूल्य निरन्तर बढिरहेकाले सार्वजनिक यातायात क्षेत्र थप दबाबमा परेको भन्दै हालको यातायात प्रणालीलाई व्यवस्थित बनाउन नयाँ दर्ता रोक्नु आवश्यक देखिएको विभागले जनाएको छ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा ९३० अनुसार प्राप्त विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरिएको स्पष्ट पारेको छ। उक्त कानुनी व्यवस्थाअनुसार वातावरणीय प्रदूषण, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक हितलाई ध्यानमा राखी आवश्यक परे सवारी दर्ता रोक्का गर्न सकिने प्रावधान छ।

यो निर्णय विद्युतीय ९ईभी० सार्वजनिक सवारी साधनमा समेत लागू हुने विभागले जनाएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ०७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको