काठमाडौँ, जेठ ९ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको तीन दिवसीय बैठक शनिबारदेखि सुरु भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित बैठकको पहिलो दिन प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा सम्बन्धी गम्भीर छलफल प्रारम्भ गरिएको हो।
बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी नेताहरूले निर्वाचनको अनुभव, संगठनात्मक अवस्था तथा आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका छन्।
छलफलमा बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव, शैलेन्द्र साह लगायतका नेताहरूले आफ्नो धारणा राखेका छन ।
त्यस्तै, उमेश यादव, निर्मला यादव, परमेश्वर साह, रेणु झा, अशेश्वर यादव, रेणु यादव, सबिता यादव, दिपक कार्की, लाक्पा शेर्पा, लिला सिटौला, सिता यादव, रेखा यादव, सुरेन्द्र झा तथा तारा बिश्वकर्माले पनि सुझावसहित धारणा प्रस्तुत गरेका थिए।
बैठकमा प्रतिनिधिसभा निर्वाचन २०८२ को समग्र समीक्षा, पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको जनाइएको छ।
बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने गरी आजका लागि स्थगित गरिएको छ।






