खोलामा बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला



रौतहट, साउन २७ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।

मंगलबार खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन बेपत्ता भएका थिए।

प्रहरीका अनुसार बुधबार महमद रमतुलाह र सबनम खातुनको शव फेला परेको हो। उनीहरूको शव बेपत्ता भएको स्थानबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ता भएकी रौशन खातुन भने अझै फेला परेकी छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी तथा स्थानीयवासीको सहयोगमा रौशनको खोजी भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको