शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने



काठमाडौँ , साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। करिब ६ महिनापछि उनी नेपाल फर्किन लागेका हुन्।

देउवाको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित कार्यक्रम गर्ने तयारी गरेको छ।

कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिने जानकारी दिएकी छन्।

कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन्।

यसअघि जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा गत १३ फागुनको राति उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।

समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ।

तीन दिनसम्म सञ्चालन हुने भनिएको भेलामा देशभरबाट करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने संस्थापनइतर समूहले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको