काठमाडौं फर्किए देउवा



काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौं आइपुगेका छन्।

उनी दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि श्रीमती आरजु राणा देउवासँगै सिंगापुर गएका थिए। उपचारपछि उनी थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्।

देउवा नेपाल फर्किएसँगै उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

देउवा केही समयदेखि उपचारका क्रममा विदेशमा रहेका थिए।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको