जनकपुरधाम, साउन ३१ । यातायात व्यवस्था कार्यालय बर्दिबासले आर्थिक बर्ष २०८२/०८३ सम्म छापिएर आएको लाइसेन्स सम्वन्धित पालिकाहरुलाई हस्तान्तरण गरेको छ । कार्यालय प्रमुख राकेश यादव र मन्त्रालयका सचिव रञ्जित यादवले संयुक्त रुपमा सो लाइसन्स सम्वन्धित पालिकालाई हस्तान्तरण गरेको छ ।
आइतवार दुवै जनाले बलवा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बलवा नगरपालिकाका जनताले बर्दिबास कार्यालयवाट लिएको लाइसेन्स पालिकाका मेयर राम बिजय महतोलाई हस्तान्तरण गरेका छन् । आइतवारनै राम गोपालपुर र गौशाला नगरपालिका तथा सम्सी गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेका छन् ।
सम्वन्धित पालिकाका सेवाग्राही आफ्नो पालिकामा गएर आफ्नो लाइसेन्स लिन सक्ने यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राकेश यादवले जानकारी दिएका छन् । उनले जनतालाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने लक्ष्य अनुसार यो कार्यक्रम चलाइएको जानकारी दिए । उनले भने–‘बार्दिबास कार्यालयमै पुगेर लाइसेन्स लिनुपर्ने बाध्यतालाई अन्त्य गर्दै सम्वन्धित पालिकामै सहज रुपमा लाइसेन्स लिन सकिन्छ ।’
चालु आर्थिक बर्ष देखि विद्युतिय सवारी चालक अनुमति पत्रका संगै यातायात कार्यालयवाट प्रदान गर्दै आइरहेकोसेवा सुविधा अनलाइन व्यवस्था भएको पनि उनले जानकारी दिए । उनले भने–‘ लिखित तथा प्रयोगात्मक परीक्षा मात्रै कार्यालयमा आएर दिनुपर्ने हुन्छ नत्र सवै काम आफ्नो मोवाइलवाटै गर्न सकिन्छ ।’ उनले www.edlvrs.madhesh.gov.np वाट यो सेवा सुविधा लिन सकिने कार्यालय प्रमुख राकेश यादवले जानकारी दिए । यो महिना पछि सवारी साधनका कर र नामसारी लगायत सम्पूर्ण सेवा विद्युतिय मार्फत लिन सकिने उनले बताए ।
यस भन्दा पूर्व भंगहा र लोहारपट्टि नगरपालिकामा लाइसेन्स हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपस्थित भएकाहरुलाई सोहि ठाउँमा लाइसेन्स प्रदान गरिएको थियो ।







