सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदैमा लुटमार गर्न दिइँदैन’



काठमाडौँ, भदौ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष टिक्न नसक्ने दाबी गरेका छन् । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतालाई डर, त्रास र दबाबमा राखेर शासन गर्न नसकिने बताएका हुन् ।

नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएको शक्तिलाई देश सञ्चालनको जिम्मेवारी दिन नसकिने बताए ।

उनले मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको दाबी गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न आफ्नो पार्टी सक्रिय हुनुपर्ने बताए । पछिल्लो राजनीतिक अवस्थाका कारण नागरिकमा त्रासको वातावरण सिर्जना भएको उनको आरोप थियो ।

ओलीले सामाजिक सञ्जालमा आफ्नो विचार राख्नसमेत मानिसहरू डराउनुपर्ने अवस्था आएको दाबी गरे । आफूलाई मन नपरेको विचार व्यक्त गर्नेहरूमाथि आक्रमण र गालीगलौज हुने गरेको भन्दै उनले त्यसप्रति आपत्ति जनाए ।

उनले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको शक्ति भएकाले वर्तमान राजनीतिक शक्तिसँग एमाले नडराउने बताए । सरकारको स्थायित्वबारे प्रश्न उठाउँदै ओलीले पाँच वर्षसम्म वर्तमान सरकार कुनै हालतमा टिक्न नसक्ने दाबी गरे ।

‘बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र रु’ भन्दै ओलीले बहुमतको नाममा सरकारलाई मनपरी गर्ने छुट नरहेको बताए । उनले सरकार गठनको प्रक्रियामाथिसमेत प्रश्न उठाउँदै जनताको मतको दुरुपयोग गर्न नहुने धारणा राखे ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई मत दिएर बहुमत दिलाएकोमा जनताले पश्चात्ताप गर्न थालेको दाबीसमेत गरे । उनका अनुसार वर्तमान सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ र त्यसविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्छ ।

सरकारविरुद्ध आन्दोलनको सम्भावना औँल्याउँदै ओलीले एमालेको पार्टीपङ्क्तिलाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टीले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको