जनकपुरधाम, भदौ ९ । मधेश प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीका लागि प्रदेशमा बिदा दिने निर्णय गरेको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आगामी २०८३ भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको भन्दै उक्त दिन मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने जनाएको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मदजयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था रहेकाले सोहीअनुसार मधेश प्रदेशमा पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा जारी सूचनामा प्रदेशमा मोहम्मदजयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने निर्णय भएको उल्लेख छ।
मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।






