रसुवा बाढीले मृतकको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार



काठमाडौँ, भदौ १४ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये विभिन्न जिल्लाबाट ७५२ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, पूर्वी नवलपरासीमा १८४, पश्चिम नवलपरासीमा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा खोजी अभियानअन्तर्गत हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

यस्तै, बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। बाढी प्रभावित विभिन्न क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी र प्रभावितको उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको