रौतहट, असोज ७। रौतहटको परोहा नगरपालिका–पटेल चोकबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) रामपुरखापबाट खटिएको टोलीले उनलाई एक थान हतियारसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






