प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट



काठमाडौं, असोज १३ । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिएका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालमा भएका विपद्का घटनामा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। विशेषगरी रसुवालगायतका क्षेत्रमा आएको बाढी तथा अन्य विपद्का क्रममा भारतबाट प्राप्त सहयोगका लागि उनले आभार प्रकट गरे।

प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गर्दै धन्यवाद दिएका छन्।

भेटका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलवार १३:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको