अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा



काठमाडौँ : विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको छ । ​

अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।



जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी छ । अहिले पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा भिडन्त भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७८ श्रावण २३, शनिबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको