अफगानिस्तानमा सरकार गठनका लागि तालिबानका सह–संस्थापक बरादर काबुलमा



काठमाडौं : अफगानिस्तानमा नयाँ सरकार गठनका लागि तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुग्नेभएको छ ।

समावेशी सरकार गठनका लागि तालिबानी नेता बरादरले काबुलको जिहादी नेता तथा अरु मानिसहरुसँग छलफल थालेका तालिबानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१० मा पाकिस्तानबाट पक्राउ परेका मुल्ला गनी बरादरलाई सन् २०१८ मा कतार पठाइएको थियो ।



दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुख नियुक्त गरिएका बरादर गएको मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार पुग्नुभएको थियो ।

कान्दहारलाई तालिबानको जन्मस्थल मानिन्छ । कान्दहारमा रहेका बरादर सरकार गठनका लागि आज काबुल पुग्नुभएको बीबीसीले जनाएको छ । तालिबानले यस पटक महिला समेतको सहभागीतामा समावेशी सरकार गठन गरी छात्राहरुले पढ्न पाउने लगायतका व्यवस्था सहित यस अघिको भन्दा भिन्न शासन प्रणाली अपनाउने बताएको छ ।

प्रकाशित मिति: २०७८ भाद्र ५, शनिबार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको