चितवनको कुमरोजमा बाघको आक्रमणमा एकको मृत्यु



चितवन — बाघले आक्रमण गर्दा चितवनमा एकजनाकाे निधन भएकाे छ । आइतबार बिहान घाँस काट्न कुमराेज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका-१३  बैरियाका ६५ वर्षीय नारायण दाहालकाे बाघले आक्रमण गर्दा निधन भएकाे चितवन प्रहरीले जनाएकाे छ ।

राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खाेजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाकाे टाेली हात्तीसहित जंगल छिरेको थियाे ।



दाहालकाे शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजे तिर फेला परेकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

प्रकाशित मिति: २०७९ बैशाख १८, आईतवार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको