आचार संहिताको धज्जी उडाउदै उम्मेदवारहरु जनकपुरका सार्वजनिक स्थलहरु कुरुप बन्दै



जनकपुरधाम । जनकपुरधामलाई सफा बनाउने प्रतिबद्धता जनाएका उम्मेदवारहरु आपनै प्रतिवद्धता विपरित जनकपुरधामलाई फोहर बनाउन उद्दत देखिएका छन ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा भित्ते लेखन, पोस्टर टाँस्ने जस्ता कार्यहरुलाई आचार संहिता विपरित हुने उल्लेख रहेपनि ठूला दलका उम्मेदवारहरुले नै आचार संहिता विपरित जनकपुरधामको सार्वजनिक पर्खाल एवं विद्युतका पोलहरुलाई फोहर मय बनाएका छन ।



स्थानीय प्रशासनले उम्मेदवारहरु बाट आचार संहिता पालन गराउने प्रतिबद्धता जनाउदै आए पनि उम्मेदवारहरुले पोस्ट पम्पलेट बाट जनकपुरधामका सार्वजनिक स्थलहरुलाई कुरुप बनाउदा समेत मुक दर्शक बन्नुले स्थानीय प्रशासनकै नियतमाथि प्रश्न उठ्न थालेका छन ।

 

जनकपुरधामलाई सफा, सुन्दर शहरको रुपमा परिणत गराउने प्रतिबद्धता जनाएका उम्मेदवारहरु बाटै जनकपुरलाई कुरुप बनाउने कार्य हुन लाग्दा आम मतदाता उम्मेदवारहरुको नियत माथि नै शंका गर्न थालेका छन ।

स्थानीय प्रशासनले रामचौकमा जनता समाजवादी पार्टीले सडकमा लगाएका झण्डाहरु हटाएपनि अन्य दलहरुले जनकपुरधाम नगरको अन्य भागमा लगाएका झण्डा व्यानरहरु अझै कायम रहेको देखिएको छ ।

पर्चा पम्पलेटले जनकपुरधामलाई कुरुप बनाउने दलहरुमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र उम्मेदवार बलराम महतो अहिले सम्म अग्र पक्तिमा देखिएका छन ।

स्थानीय प्रशासनले आचार संहिता विपरितको कार्यहरुलाई नियन्त्रण नगरिए पर्चा पम्पले टाँस्न नचाहेका वा नसकेका दलहरु समेत पर्चा पम्पलेटले जनकपुरधामलाई कुरुप नबनालउलान भन्न सकिदैन ।

जनकपुरधामलाई सफा र सुन्दर बनाउने अभियान अन्तर्गत रंग रोगन गरिएका सार्वजनिक स्थलका पर्खालहरु अहिले पर्चा पम्पलेट कुरुप बन्दा विजयी हुने दावी गर्दै आएका उम्मेदवारहरु बाट सफा जनकपुरधामको अपेक्षा कति गर्न सकिएला भन्ने प्रश्न चिया चर्चाको विषय बनेको छ ।

प्रकाशित मिति: २०७९ बैशाख २२, बिहीबार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको