सर्लाहीको भेल्हीस्थित धूलाम्मे अवस्थामा रहेको हुलाकी सडक ।
संग्रामपुर । जरजर भई अत्यन्तै धुलाम्मे अवस्थामा रहेको सर्लाहीको हुलाकी सडक निर्माणमा सरोकारवाला निकायलाई दबाब बढेको छ ।
स्थानीयहरुले ठाउँ–ठाउँमा आन्दोलन गरी चक्काजाम गर्न थालेपछि सडक कालोपत्रे गर्न दबाब बढ्न थालेको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जिल्लाको पर्सा गाउँपालिकालाई पत्र काट्दै गाउँपालिकाको वडा नं। १, २, ३, ५ र ६ मा पर्ने हुलाकी सडकको मापदण्डभित्र पर्ने संरचना हटाउन सहयोग गरिदिन आग्रह गरेको छ ।
हुलाकी सडकमा ठेकेदारको बद्मासीले काम भएको छैन् भने केही ठाउँमा स्थानीयहरुले घर, टहरा, पसललगायतका संरचना हटाउन अटेर गरी अदालतबाट ‘स्टे अर्डर’ ल्याउँदा काम अघि बढ्न सकेको छैन् । गाँसमै धूलो पर्न थालेपछि सहनै नसकेर जिल्लाको ब्रम्हपुरी, मलंगवा, कौडेना, मुसैलीलगायत स्थानका वासिन्दाले पटक–पटक टायर बालेर सडकमा यातायात चल्नै रोकेका छन् ।
धुलोले दक्षिणी भेगका वासिन्दा सदरमुकाम मलंगवासम्म पुगेर फर्किदा धुलोले बिरामी नै हुने अवस्था रहेको छ ।
प्रतिक्रिया






