समाजवादी मोर्चाको बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने



काठमाडौँ । समाजवादी मोर्चाको बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने भएको छ। बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘मोर्चाको ४७ जिल्लामा जिल्ला कमिटी बनेका छन्। ७ प्रदेशमा सन्देश सभा भए, सातै प्रदेशमा कमिटी पनि बने। बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भयो,’ उनले भने, ‘आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भयो। बैठक साँझ ६ बजे पुनः बस्नेछ।’

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै सबै जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

प्रकाशित मिति: २०८० पुष ११, बुधवार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको