कञ्चनपुरमा । कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिए।
बलात्कारमा संलग्न अर्का एक व्यक्तिको खोजी भइरहेको प्रवक्ता डाँगीले बता । पुस १० गते साँझ जोशीले घर नजिकै बोलाएर बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








