दशरथ मन्दिरको सटर कव्जा गरेका डा. सिंह प्रादेशिक अस्पताल जनकपुरको निर्देशक



जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुन प्रसाद सिंह नियुक्त भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत पर्ने प्रादेशिक अस्पताल जनकपुरको बालरोग विशेषज्ञ रहेका डा।सिंह १० औं तहका चिकित्सक हुन् ।

उनलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।

डा. सिंह तिनै डाक्टर मध्येका हुन् जो सँधै विवादमा आइरहन्छन्। अस्पतालमा समय दिनुभन्दा बढी आफ्नो निजी अस्पताल र क्लिनिकमा समय बिताउने डाक्टर सिंहले अब कसरी प्रादेशिक अस्पतालमा पूरा समय बिताउँछन् त्यो भने हेर्न बाँकी रहेको जानकारहरु बताउँछन् । डा. सिंहले जनकपुरधाममै आफै नीजि होस्पिटल सञ्चालन गर्दै आएका छन् भने मठियानी मठको जनकपुरधाम स्थित दशरथ मन्दिरको जग्गा कव्जा गरेर त्यसमा निजी क्लिनिक सञ्चालन गर्दै आई रहेका छन् ।

यसअघि निर्देशकको जिम्मेवारीमा रहेका डा। रामनरेश पण्डितलाई मुख्यमन्त्री कार्यालयमा तानिएको छ । उनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि लविङ्ग गरिरहेका छन् ।

प्रकाशित मिति: २०८१ आश्विन ५, शनिबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको