रौतहटको राजपुरमा हैजाको प्रकोप , ४ नम्बर वड़ा गरिए शील



राकेश यादव
गौर । रौतहट जिल्लाको राजपुर नगरपालिका–४ लाइ शील गरिएको छ । आसोज २ गते देखि हैजा डायरियाको प्रकोप दिन प्रति दिन बढ्दै गएकोले संक्रमण नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले सो वड़ालाई शील गरेको छ ।

राजपुर नगरपालिकाको आग्रहमा महामारी रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले वड़ा नम्बर ४ जोबैर चोक देखि मदनी चोक, शेख अब्दुल्लाहको खलिहान देखि डाक्टर नुरुल होदाको घर सम्म वरिपरीको क्षेत्र असोज ६ गते देखि अर्को आदेश नआए सम्मको लागि शील गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

असोज २ गते एक जनामा डायरिया देखिएकोमा ६ गते सम्म ६२ जना संक्रमीत भइसकेकोले महामारी नियन्त्रण गर्नको लागि वड़ा नम्बर ४ लाई शील गरिएको बताइएको छ ।

तोकिए बमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी र अतिआवशयक अत्यन्त जरुरी काम बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडूल गर्ने र एक अर्काको घरमा आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ ।

अतिआवश्यक सेवा बाहेकका सवारी साधनलाई आवागमनमा सो अवधि भरिको लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा शील गरिएको क्षेत्रमा माछा मासु ओसार पसार र बिक्री बितरणमा रोक लगाइएको छ ।

डायरियाको संक्रमणको कारण अहिले यकीन साथ पुष्टि हुन नसकेकोले राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह समेत गरेका छन । नगर प्रमुख डाक्टर आलमका अनुसार ६२ जना विरामी मध्ये ४० जना उपचार पछि घर फर्की सकेका छन भने २२ जनाको राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको