जनकपुरधाम, माघ १७ । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।
रोनाल्ड रेगन विमानस्थलमा ल्याण्ड गर्न लागेको बेला ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन । ठोक्किएपछि विमान र हेलिकप्टर दुबै नदीमा खसेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।
दुर्घटनामामृत्यु भएकाहरु बारे अहिले कुनै तथ्यांक सार्वजनिक भएको छैन ।






