बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ हमासद्वारा अस्वीकार



गाजा, फागुन ९ । हमासले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ‘धम्की’ अस्वीकार गरेको छ । नेतन्याहुले हमासलाई बन्धक सिरी बिबासलाई फिर्ता नगरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि यसको मूल्य चुकाउनुपर्ने धम्की दिनुभएको थियो ।

“बेन्जामिन नेतन्याहुले आफ्नो छवि सुधार गर्ने प्रयासको हिस्साका रूपमा जारी गरेको धम्कीलाई हामी अस्वीकार गर्दछौँ”, हमासले एक वक्तव्यमा भनेको छ । साथै समूहले इजरायली अधिकारीहरूलाई एक गाजाबासी महिलाको शव फिर्ता गर्न आग्रह गरेको छ । समूहले बिहीबार हस्तान्तरण गरेको शवलाई बिबासको शव भनेर दाबी गरिएको थियो ।

हमासले युद्धविरामको अधीनमा आफ्नो जिम्मेवारीहरू प्रति ‘गम्भीरता र पूर्ण प्रतिबद्धता’ को पुष्टि गर्दै भनेको छ, “हमासको कुनै पनि पालना नगर्ने वा कुनै पनि शवहरू राख्ने कुनै चासो छैन ।”

तथापि समूहले ‘शवहरूको त्रुटि वा मिश्रण हुने सम्भावना’ स्वीकार गरेको छ । यसलाई हमासले अन्य प्यालेस्टिनीहरूसँगै बिबास परिवार रहेको क्षेत्रमा इजरायली बमबारीलाई जिम्मेवार ठहराएको छ ।

हमासले मध्यस्थहरूलाई शव फिर्ताको परिस्थितिबारे आफ्नो ‘अनुसन्धान र परीक्षण’ को नतिजा जानकारी गराउने बताएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार २१:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको