वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त



जेनेभा, फागुन १२ । इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैङ्क) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको छ ।

इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन्।

एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा भन्नुभयो, “इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लङ्घनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।”

प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागू भएलगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।

जेनिन, तुलकारेम र टुबास शहरनजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैंकको आक्रमण विस्तारै विस्तार हुँदै गएको छ । आइतबार पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्याङ्कर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो।

सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो। सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिसा बढेको छ ।

गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्वमाथि सोमबार जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “हामी अनिश्चित युद्धविरामको साक्षी बनिरहेका छौं । हामीले कुनै पनि हालतमा शत्रुताको पुनरुत्थानबाट बच्नुपर्छ। गाजाका जनताले पहिले नै धेरै दुःख भोगेका छन्,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो,“यो स्थायी युद्धविरामको समय हो, बाँकी रहेका सबै बन्धकहरूको सम्मानजनक रिहाई, दुई–राज्य समाधानको दिशामा अपरिवर्तनीय प्रगति, कब्जाको अन्त्य, र गाजालाई एक अभिन्न अङ्गको रूपमा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना यसको निर्दिष्ट लक्ष्य हुनुपर्छ ।ू

प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमवार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको