श्यामकुमार ठाकुर
कोसेलिया देवि कुर्मीको श्रीमान बिगत ३० बर्ष पहिला छोरीहरु सानै हँुदा नै बित्यो । कोसेलीयाको सन्तान २ छोरी मात्रै छ्न , उनी एकल महिला भएर सन्तानलाई जसो तसो हुर्काईन । उनी माथि त्यतिबेला बज्रपात भयो जब उसको श्रीमान बित्यो । अनि शुरु भयो उनको संघर्षको बाटो । समाजमा एकल महिला माथी हुने आपत्तिजन भाषाको सामान गर्नु उनको नियति नै बनेको थियो तर त्यसको बाबजुद पनि कोसेलिया हिम्मत हारिनन् । आफनो र दुई सन्तानको पेट पाल्न उनि कहिले अरुमा घरमा त कहिले अरुको खेतमा काम गर्न थालिन ।
कोसेलिया देवि कुर्मीको नाममा ना त एक धुर जमीन नै थियो न कुनै अरु सहारा । आफ्नो र दुई छोरीको जीवन यापनका लागि अरुसंग हार गुहार गर्नु बाहेक कुनै विकल्प थिएन र जसो तसो जीवन बित्दै गयो ।
केही बर्ष पछि जब कोसेलिया की २ दुई छोरी बिहे गर्ने उमेर पुगिन त्यति बेला कोसेलियालाई ठुलो समस्या नै प¥यो तर समाज न हो समाजकै सहयोगमा आफनो दुबै छोरीको विहे गर्न समेत सफल भइन ।
बच्चा हरु सानै हुँदा श्रीमान गुमाएकी कोसेलिया छोरीहरुको विहे पछि झन एक्लै भइन, भलाकुसारी गर्ने समेत कोही भएन । कोसेलीयाको जिवन झन गाह्रो हुँदै गयो । उनि भन्छिन,‘छोरीहरुको विहेपछि त जीवन पहाड झै लाग्न थाल्यो ।’
अब त मेरो उमेर लाग्यो केही गर्न हिम्मत छैन, अब के गरेर आफ्नो गुजारा चलाउ ,भिख माङ्ग्ने बेला आयो मन मनै सोच्न थालिन कोसेलिया । त्यति बेला धेरै निरास भइन, जतिबेला छोरीहरुले पनि कुनै आस दिएनन् । अनि कोसेलियाले शुरु गरिन नयाँ जीवन । उनले आफु बस्दै आएकी एलानी जग्गा आगाडि मुरही कचरीको सानो पसल शुरु गरिन । पसल शुरु गर्न पनि कम्ती समस्या भएन, एक सुको पनि थिएन शुरु गर्न त्यसका लागि पनि अरु संग ऋण नै लिनु प¥यो ।
सडक छेउमै बसेर मुरही कचरी बेच्न थालेकी कोसेलियालाई दुःखले काहाँ साथ छोड्थ्यो र । शुरुका दिनमा कहिले खाना पुग्ने कहिले भोकै सुत्ने दिनचर्या नै बन्यो । तर हिम्मत हारिनन् ।
कोसेलिया भन्छिन ,‘ मेरो जीवन पहाड छ । म जस्तो गरिब एउटा सानो पसलमा को आउनु र ! अहिले युग परिवर्तन भयो सबैजना ठुला बडा पसल होटेल जान्छन , अब त भन्छु भगवानलाई कि तपाईं मलाई बोलाइ हाल्नुस । आउने दिनमा मेरो सहन क्षमता छैन है भगवान भन्दै रुन थाल्छिन कोसेलीया देवि कुर्मी जस्तै जीवन भरि सन्तानका लागि मात्र सोच्ने, सन्तानकै लागि आँसु लुकाएर बाँच्ने एकल आमाहरू धेरै छन । यस्ता आमा समाजका उदाहरणीय पात्र हुन । धेरै आमा सीता बने तर हामी सन्तान श्रवणकुमार बन्न सकेनौं । त्यसैले त आमालाई सहनशील धर्ती भनिन्छ । कोसेलिया पनि समाजको लागि एउटा उदाहरण हुन । उनलाई संघर्ष र सहनशिलताको प्रतिमुर्ती भन्दा फरक नपर्ला ।






