सरकारलाई बालेनको काउन्टर



काठमाडौँ, फागुन २२ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृतका विषयमा सरकारलाई काउन्टर दिँदै जवाफ फर्काएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन गरेको अनुरोधलाई मेयर शाहले काम गर्न दिन नसकिने भन्दै पत्रमार्फत जवाफ दिएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौँ टावरको नक्सा पास विवादमा मुछिएपछि उनलाई महानगरले पुस ८ गतेदेखि कार्यालयमा हाजिर हुन दिएको छैन।

बिहीबार मन्त्रालयले महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गर्न र काम गर्न नपाएको भन्दै फेरि उनैलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको थियो।

मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुले पठाएको पत्रमा गुरागाईँले हाजिरी गर्ने वातावरण गराइदिन आग्रह गरेकाले त्यसको सहजीकरण गरिदिन अनुरोध गरिएको छ।

तर मेयर शाहले पत्रको तुरुन्त आजै बिहीबार मन्त्रालयलाई पत्र लेख्दै गुरागाईँलाई काम गर्न दिन नसकिने जवाफ फर्काएका छन्।

त्रुटिपू्ण कार्य गर्ने व्यक्तिलाई हाजिरी गराएमा टावर निर्माणमा प्रभाव पर्ने र कानुनी झन्झट पर्ने भएकाले गुरागाईँलाई हाजिरी गराउन नसकिने जवाफ दिइएको छ।

प्रकाशित मिति: २०८१ फाल्गुन २२, बिहीबार १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको