राष्ट्र स्तरको कविता प्रतियोगितामा प्रिती अधिकारीको उपलब्धि



राम अशिष यादव
जनकपुरधाम, फागुन २३ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र शरणार्थी मामिला उच्च आयोग युएनएचसीआरद्वारा आयोजित राष्ट्र स्तरीय कविता प्रतियोगितामा धनुषाको बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय की विद्यार्थी प्रिती अधिकारी दोस्रो स्थान हासिल गर्न सफल भएकी छन्।

कक्षा ८‘बी’ मा अध्ययनरत प्रिती अधिकारीले स्थानीय तथा प्रदेश स्तरका चरणहरू पार गर्दै राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति राख्न लागेकी हुन्। उनको यस सफलताले विद्यालयका शिक्षक, अभिभावक र साथीहरूमाझ हर्ष छाएको छ।

विद्यालय प्रशासनका अनुसार, यसअघि पनि ज्योति रानी कुमारी पासमान र काजल कुमारी यादव ले राष्ट्रस्तरीय प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै विद्यालयको नाम उच्च बनाइसकेका थिए।

शिक्षा क्षेत्रको विकासमा स्थानीय सरकारको प्रयास

मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनियाँ गाउँपालिका का अध्यक्ष जय कुमार यादवले विद्यार्थीको यो उपलब्धिलाई ऐतिहासिक क्षण भन्दै बधाई दिएका छन्।

मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनियाँ गाउँपालिका का अध्यक्ष जय कुमार यादवले विद्यार्थीको यो उपलब्धिलाई ऐतिहासिक क्षण भन्दै बधाई दिएका छन्।

विद्यार्थीहरूको निरन्तर सफलता गाउँपालिकाको शैक्षिक सुधार नीति, शिक्षकहरूको मार्गदर्शन र विद्यालयको प्रेरणादायी वातावरणकै कारण सम्भव भएको हो,ू अध्यक्ष यादवले भने। उनले आगामी राष्ट्रिय चरणका लागि समेत विद्यार्थीलाई आवश्यक सहयोग र हौसला प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहबाट शिक्षा क्षेत्रमा लगानी बढाउने नीति अनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष यादवको पहलमा विद्यालय सुधार योजनाअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धि, छात्रवृत्ति कार्यक्रम तथा सह(पाठ्यक्रम गतिविधिलाई प्राथमिकता दिइएको छ।

 

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले प्रिती अधिकारीको मेहनतको प्रशंसा गर्दै आगामी राष्ट्रिय प्रतियोगितामा समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

अबको लक्ष्य – राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले प्रिती अधिकारीको मेहनतको प्रशंसा गर्दै आगामी राष्ट्रिय प्रतियोगितामा समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

अबको लक्ष्य भनेकै राष्ट्रिय स्तरमा शीर्ष स्थान हासिल गर्नु रहेको प्रिती अधिकारीको भनाइ छ। उनले आफ्ना प्रशिक्षक, शिक्षक तथा अभिभावकको प्रेरणालाई आफ्नो सफलता पछाडिको मुख्य आधार भएको बताइन्।

विद्यालय परिवार र स्थानीय बासिन्दाले उनको यस सफलताले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताउँदै राष्ट्रिय प्रतियोगितामा समेत उनले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

 

 

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार १९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको