सुनको मूल्य बढ्यो



काठमाडौं, फागुन २६ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको