सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौँ, फागुन २७ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

सोमबार प्रतितोला रू एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको