संसदीय मामिला पत्रकार समाजद्वारा होली मिलन समारोह सम्पन्न



जनकपुरधाम, फागुन २९ । संसदीय मामिला पत्रकार समाज मधेश प्रदेशको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ ।

समाजका अध्यक्ष विरेन्द्र रमणको अध्यक्षता एवं मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा भएको होली मिलन समारोहमा धनुषाको पत्रकारहरुको व्यापक उपस्थिति रहेको थियो ।

नेपाल पत्रकारमहासंघ धनुषाको सभाकक्षमा आयोजित समारोहमा पत्रकारहरुले एक अर्कालाई अविर लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले होलीमा पछिल्ला दिनहरुमा देखिएका विकृति अन्त गर्दै एक अर्का संगको भाइचारको नातालाई पुनर्जागृत गर्नु पर्ने बताए । उनले होली मिथिला बाटै शुरु भएको दावी गर्दै अचेल सबै तिर व्याप्त भएको प्रति खुशी व्यक्त समेत गरे ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार १४:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको