सवैलामा गोली चल्यो, एक जना घाइते



जनकपुरधाम, चैत ४ । चोकको विषयमा विवाद हुँदा धनुषाको सवैलामा आज फेरि प्रहरीले गोली चलाएको छ । यादव चोक राख्नेमा केही गाउँले छन् भने केही सो चोकको नाम परिवर्तन गर्ने पक्षमा देखिएपछि उत्पन्न विवाद साम्य पार्न प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा शहीद नगर नगरपालिकाकाका २२ बर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा उनीहरु उग्रभई प्रहरीमाथिनै आक्रामक भएपछि प्रहरीले आत्मरक्षामा गोली चलाएको प्रहरीले जनाएको छ ।

आज भएको सो विवादमा प्रहरी समेत घाइते भएको प्रहरीको दावी छ ।
https://www.facebook.com/madhestoday/videos/3939611429630294

प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको