एसईईको पूर्व सन्ध्यामा फेरियो केन्द्राध्यक्ष



जनकपुरधाम, चैत ६ । जनकपुरधामको एक विद्यालयमा एसईईको पूर्व सन्ध्यामा केन्द्राध्यक्ष फेरिएको छ । जनकपुरधामको कुवारामपुरमा रहेको जनता माध्यमिक विद्यालय कुवारामपुरका केन्द्राध्यक्ष फेरिएको छ ।

बुधवार कन्या माध्यमिक विद्यालयबाट कुवारामपुर सरुवा भएर गएका मोदनारायण राउतलाई बुधवार करिव अढाई बजेको केन्द्राध्यक्ष बनाइएको छ । सो परीक्षा केन्द्रमा कालिचरण चौधरी केन्द्राध्यक्ष थिए । उनलाई चैत ४ गते केन्द्राध्यक्षको चिठ्ठी परीक्षा समन्वय समितिलेनै दिएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले एसईईको केन्द्राध्यक्ष गोलाप्रथाबाट चुनिनुपर्ने लगायतका सुझाव सहितका प्रस्ताव गरेपछि उनको प्रस्ताव नमानेपछि मधेश प्रदेश सरकार यसै कारण एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।

परीक्षा समन्वय समितिका संयोजक धनुषाका प्रमुख जिल्ला अधिकारी र सदस्य सचिव शिक्षा ईकाई समितिका प्रमुख हुने गरेका छन् । तर, हाजिर भएकै दिन एसईईको पूर्व सन्ध्यामा केन्द्राध्यक्ष हेरफेर गरेपछि परीषा समेत प्रभावित हुन सक्ने सम्भावना बढेको छ ।

‘विद्यालयको बारेमा जानकारी, शिक्षक शिक्षिकाको बारेमा समेत अनभिज्ञ व्यक्तिले परीक्षा कसरी सञ्चालन गर्न सक्छ’ शिक्षाविद्हरु भन्छन् । यस केन्द्रमा मात्रै यस्तो गरिएको हो कि अन्य केन्द्रमा यस्ता हेरफेर गरिएको छ त्यो पनि खोजविनको विषय रहेको शिक्षाविद्हरुको भनाई छ ।

केन्द्राध्यक्ष हेरफेर गर्नुमा ठूलो चलखेल हुन सक्ने समेत शिक्षाविद्हरुले आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र ६, बुधबार २१:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको