काशी हिन्दु विश्वविद्यालयमा पाँच देशका ज्योतिषको जमघट, डा. ज्योतिष नविनको नेतृत्वमा नेपाली टोली सहभागी



जनकपुरधाम, चैत ७ । काशि हिन्दु विश्वविद्यालय बनारसमा तीन दिवसीय अन्तराष्ट्रिय ज्योतिष सम्मेलन शुरु भएको छ ।
ज्योतिष विभागको आयोजनमा शुरु भएको सम्मेलनमा पाँच देशका करिब ५०० ज्योतिष सहभागि भएका छन ।

नेपाल, भारत, रुस , भुटान , अमेरिका लगायतका देशहरुबाट ज्योतिषहरु सहभागी भएको नेपालको नेतृत्व गर्दै सम्मेलनमा सहभागी डा. ज्योतिष नविन झाले जनाएका छन । सम्मेलनका लागि डा . झाको नेतृत्वमा ४ सदस्यीय टोली बनारस पुगेको छ ।

सम्मेलनमा पंचाङ्गको शास्त्रीय व्यवस्था (सजिव र निर्जिव) तथा विवाहको लागि गरिने कुण्डली मिलानको समसामयिक व्यवस्था (दोष र परिहार)को विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

काशी हिन्दु विश्वविद्यालय संस्कृत विद्या धर्मविज्ञान संकायका प्रमुख प्राध्यापक राजाराम शुक्ल को अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रो. बिहारीलाल शर्मा (कुलपति, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी), विशिष्ट अतिथि प्रो. अरुण कुमार सिंह (कुलसचिव, काशी हिन्दू विश्वविद्यालय) तथा सारस्वत अतिथि प्रो. रामचन्द्र पाण्डेय (पूर्व संकायप्रमुख संस्कृतविद्या धर्मविज्ञान संकाय) रहेका थिए ।

सम्मेलनको समापन ९ गते हुने छ । समापन सत्रको प्रमुख अतिथि प्रो. देवी प्रसाद लिपाठी (पूर्व कुलपति, उत्तराखण्ड संस्कृत विश्वविद्यालय, उत्तराखण्ड) एवं विशिष्ट अतिथि पद्मश्री प्रो. कमलाकर लिपाठी रहने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: २०८१ चैत्र ७, बिहीबार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको