श्रम मन्त्री भण्डारीका पिएको भतिजोकालागि गरिएको विज्ञापन रद्द गर्ने तयारी



जनकपुरधाम, चैत १४ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरत सिंह भण्डारीका पिए कुश चौधरीका भतिजोकालागि गरिएको एमवीवीएसको विज्ञानपन रद्द गर्ने तयारी गरिएको छ । महोत्तरीको बलवा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी आएपछि मेयर बिजय महतो र मन्त्रीका पिए चौधरीको मिलोमतोमा बलवा स्वास्थ्य चौकीकोलागि एमवीवीएसको विज्ञापन गरिएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरत सिंह भण्डारीका पिए चौधरीको घर लोहारपट्टि, प्रमुख प्रशासकीय अधिकृत अधिकारीको घर महदैया तपनपुर र मेयर महतोको घर बनौटामा छ । मेयर महतो पनि लोसपाबाट नै बलवा नगरपालिकाको मेयरमा निर्वाचित छन् । बलवा नगरपालिकाका मेयर महतोबाट मन्त्री भण्डारी असन्तुष्ट रहेको भन्दै पिए चौधरीले कुराकानी मिलाई दिने तर आफ्नो भतिजोलाई जागिर दिने शर्तमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी, मेयर महतो र चौधरीबीच भएको सहमति अनुसार सो विज्ञापन गरिएको थियो ।

तर, पिए चौधरीका भतिजो क्वालिफाइ हुन निर्धारण गरिएको मापदण्ड पूरा गर्न नसके पछि सो विज्ञापन नै रद्द गर्ने तयारी बलवा नगरपालिकाको छ । बलवा नगरपालिकाले एक्कै स्टाफ नर्स र अन्य कर्मचारीहरुकोलागि गरेको विज्ञापनमा समेत व्यापक पैसा लिएर उनीहरुलाई परीक्षा पास गराएको आरोप छ ।

बलवा नगरपालिकाका मेयर महतो माथि मन्त्री भण्डारीका पिए, सचिवालयकै दवावका कारण उनी मोवाइल अफ गरेर वा फोन रिसिभ नगरेर नगरपालिकामा अधिकांश समय अनुपस्थित नै रहने गरेका छन् । मेयर महतो भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्री भण्डारीका पिए चौधरीका भतिजोलाई जागिर लगाउन उद्दत देखिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट महोत्तरी जिल्लाको बलवा नगरपालिका, भंगहा नगरपालिका, औरही नगरपालिका, मटिहानी नगरपालिकामा मेयर निर्वाचित छन् भने सोनमा गाउँ पालिकामा अध्यक्ष बिजयी भएका छन् । तर, सवै पालिकाको अवस्था भने दयणीय छ । मटिहानी नगरपालिका बाहेक अन्य पालिकाका स्थानीयबासीहरु मेयरलाई खोज्दै हिडेका छन् तर उनीहरु केही व्यक्ति विशेष संग मात्र भेटघाट गर्न रुचाउने गरेको स्थानीयबासीहरुको आरोप छ ।

हुन त लोसपाबाट दुई प्रतिनिधि सभा सदस्य, चार प्रदेश सभा सदस्य पनि निर्वाचित छन् जस मध्ये एक जना प्रदेश सभा सदस्य अभिराम शर्मा असई थमन विकको हत्याको आभियोगमा फरार छन् ।

प्रकाशित मिति: २०८१ चैत्र १४, बिहीबार ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको