मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई नम्वरी काम



जनकपुरधाम, चैत १६ । गुठीको जग्गामा निजी जग्गाकालागि सडक छाडेका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिरहेको बण्ड्रीवालमा समेत दुई नम्वरी काम गरिरहेको छ । प्रतिष्ठानले जनकपुरधाम–१३ मणिमण्डपको पश्चिम पट्टि जानकी मन्दिरको जग्गा लिजमा लिएर बनाई रहेको कलेज भवनको कम्पाउण्डवालमा दुई नम्वरी ईट, बालुवा र सिमेन्ट प्रयोग गरिरहेको पाइएको छ ।

हुनत जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले सो जग्गामा भई रहेको कम्पाउण्डवाल नक्सा पास गराएर प्रतिष्ठानलाई आदेश गरे पनि प्रतिष्ठानले उप–महानगरको आदेशको अटेरी गर्दै सो ठाउँमा दुई नम्वरी काम गरिरहेको पाइएको छ । स्थानीय केही व्यक्तिहरुकालागि सो जग्गाको तीन तिर दक्षिण, पश्चिम र उत्तरमा प्रतिष्ठानको जग्गाबाट १० देखि १३ फिट सम्मको बाटो छोडेको पाइएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह र निर्देशक राम नरेश पण्डितले चार जना संग वडाध्यक्ष जीतबहादुर राउत र पूर्व वडाध्यक्ष शुभनारायण मण्डलको रोहवरमा सो जग्गामा सडक खोल्ने निर्णय गरेका छन् । सो सडकमा यिनीहरु षडयन्त्र पूर्वक बाटो खोलेको स्थानीय श्रीप्रसाद राउतको आरोप छ ।

स्थानीय राउतका अनुसार खोलिएको बाटोमा यिनी सवै जनाको जग्गा छ । उनले रजिष्ट्रार विनोद यादव पर्दाको पछाडि बसेर सवै चाजोपाजो मिलाएको आरोप छ । यिनीहरुले सो ठाउँमा कठ्ठाको दरमा जग्गा खरिद गरेर आफ्नो जग्गाको मुल्यांकन बढाउन सडक विस्तार गरेको उनको आरोप छ ।

यता, जनकपुरधाम उप–महानगरपालिकाले रोकेको कम्पाउण्डवालमा भई रहेको काम समेत कमसल गरिरहेको पाइएको छ । ठेक्केदार कम्पनीले जग पहिला नै बनाइएको आफूहरु त्यसमाथि काम गरिरहेको बताएको छ । तर, त्यहाँ अहिले दुई नम्वरी इट प्रयोग, माटो मिसिएको बालुवा र एनएस प्राप्त नगरेको सिमेन्ट भरपुर मात्रामा प्रयोग भई रहेको पाइएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम उप–महानगरपालिका र गुठी संस्थान समेतले चासो नदिँदा त्यसमा भ्रष्टाचारको संकेत आफूहरुले पाएको स्थानीयबासीको आरोप छ । उनीहरुले भने–‘ठेक्केदार कम्पनीको कामको अनुगमन कसैले गर्ननै चाहेका छैनन् ।’ पानीको कमी रहेको सो ठाउँमा भई रहेको कम्पाउण्डवालमा गर्मीको महिना भएकाले कम्तीमा चार पटक पानी सो वालमाथि खन्याउनु पर्ने थियो तर पानी नै छैन् । ईट दुई नम्वरी छ, बालुवा समेत माटो मिसिएको छ, सिमेन्ट समेत एनएस प्राप्त नगरेको पाइएको स्थानीयबासीहरुको आरोप छ ।

गुठी संस्थानबाट २०७९ जेठ २३ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्झौता गरेको १८ विघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गाको तीन तिर स्थानीय जग्गाधनीहरु संगको मिलोमतोमा छाडिएको जग्गा करिव दुई विघा जति हुन सक्ने स्थानीयहरु बताउँछन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति, रजिष्ट्रार र निर्देशकले जग्गाधनी संग सम्झौता गरेर सो बाटो छोडेका छन् । प्रतिष्ठानकालागि कलेजको भवन निर्माणकालागि लिजमा लिएको सो जग्गाको अहिले घेराबेरा हुदैँछ ।

स्थानीयबासीहरु भन्छन्–‘गुठीको जग्गा संरक्षण गर्ने हाम्रो पनि दायित्व हो, हमी कुनै हालतमा गुठीको जग्गा बर्बाद हुन दिन चाहन्नौं ।’

गुठी संस्थान जनकपुरधामले आफ्नो सम्पूर्ण जग्गामा बोन्ड्रिवाल गर्नुपर्ने भन्दै पटक–पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मौखिक जानकारी गराइए पनि कुनै सुनुवाई हुन सकेको छैन् । यस बिषयमा स्थानीयबासीहरुले प्रदेश सरकार देखि गुठी संस्थान सवैलाई जानकारी गराई सकेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र १६, शनिबार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको